इम्बोस्डको विरुद्धमा उत्रियो प्राज्ञिक विद्यार्थी परिषद्
पाेखरा | जेठ २५, २०७९
पोखरा: प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरपालिका इकाई समितिले इम्बोस्ड नम्बर जडान गर्ने निर्णय खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नागरिकको हित विपरित भएको भन्दै पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज नाराबाजीसहित विरोध जनाएको हो ।
कोणसभालाई सम्बोधन गर्दै परिषद् पोखरा महानगर सचिव दिप्सन गुरुङले इम्बोस्ड नम्बर प्लेटले नेपालीको मातृभाषामाथी प्रहार गरेको बताए । ‘इम्बोस्ड नम्बरले हाम्रो मातृभाषा माथि नराम्रोसँग प्रहार गरेको छ, उनले भने, ‘हामिले हाम्रो भाषाको सम्मान गर्नुपर्छ यसरी असंवैधानिक रुपमा लागुु गरिएको यो आदेश हामिलाई मान्य छैन ।’
गुरुङले देवानगरी लिपीरहितको इम्बोस्ड नम्बर जडान गर्न असंवैधानिक निर्णय गरिएको बताउदै गुरुङले भने, ‘नेपाल आमा र नेपाली भाषामाथी नराम्रो प्रहार गरिएको छ ।’
प्रदर्शनका क्रममा देवानगरी ‘लिपी लागु गर, नेपाली भाषामाथीको प्रहार अन्त्य गर, दलालहरु होसियार’ लगायतका नाराका लगाएका थिए
पछिल्लो समय यातायात व्यवस्था विभागले बागमती प्रदेश र गण्डकी प्रदेशमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको थियो । तर यातायात व्यवस्था कार्यालय कास्कीले भने दैनिक ४० देखि ५० वटा सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान गर्न सक्ने बताएको छ ।
अहिलेसम्म गण्डकी प्रदेशमा करिब ३ सय बढि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

